BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकले न्यु स्मार्ट तलब खाताअन्तर्गत दियो दुर्घटना बीमाको रकम

२०८१ बैशाख ३१

माछापुच्छ्रे बैंकले न्यु स्मार्ट तलब खाताअन्तर्गत दियो दुर्घटना बीमाको रकम
माछापुच्छ्रे बैंकले न्यु स्मार्ट तलब खाताअन्तर्गत दियो दुर्घटना बीमाको रकम

काठमाडौं। माछापुच्छ्रे बैंकले दुर्घटनामा परी मृत्यु भएका ग्राहकको परिवारलाई बीमा अन्तर्गतको रकम भुक्तानी गरेको छ।

Tata
GBIME

बैंकले न्यु स्मार्ट तलब खाताअन्तर्गत दुर्घटनामा परी मृत्यु भएका ग्राहकको परिवारलाई १० लाख रुपैयाँ भुक्तानी गरेको हो । बैंकको वीरगंजको आर्दशनगरस्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादवको बाइक दुर्घटनामा मृत्यु भएको थियो।

यादवकी पत्नी शोभाले गरेको दाबीअनुसार बीमा रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ। बैंकका चिफ बिजनेस अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दुशेखर देवकोटा र आदर्शनगर शाखा प्रमुख सुशील थपलियाले चेक हस्तान्तरण गरे।

बैंकले न्यु स्मार्ट तलब खाताअन्तर्गत १० लाखको दुर्घटना बीमा, जटिल रोगको ३ लाखसम्म उपचार बीमा, १ लाखसम्म अस्पताल भर्ना एवं औषधि उपचार बीमा सुविधा प्रदान गर्दै आएको छ ।