BIZMANDU
www.bizmandu.com

२४ वर्षीय युवकको डरलाग्दो अपराध, ५६ वटा बैंक खाता खोलेर दुई अर्बको कारोबार !

२०८१ बैशाख ३१

२४ वर्षीय युवकको डरलाग्दो अपराध, ५६ वटा बैंक खाता खोलेर दुई अर्बको कारोबार !
२४ वर्षीय युवकको डरलाग्दो अपराध, ५६ वटा बैंक खाता खोलेर दुई अर्बको कारोबार !

काठमाडौं । दुई अर्ब रुपैयाँको अवैध कारोबार गरेको आरोपमा प्रहरीले सोमबार एक युवकलाई पक्राउ गरि सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रे मण्डनदेउपुर नगरपालिका घर भएका २४ वर्षीय युवक अनिल ढुंगानालाई नियन्त्रणमा लिएको हो।

उनलाई प्रतिबन्धित बेटीङ, क्रिप्टोकरेन्सी र सट्टेबाजी मार्फत कारोबार गरेको भन्दै पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।

प्रहरीको अनुसन्धानमा उनले मोबाइल नम्बरहरुबाट ११ वटा कनेक्ट आइपिएस, १५ वटा इसेवा आइडी लगायत ५६ वटा बैंक खाता गरि २ अर्ब १ करोड अठार लाख ४४ हजार एक सय दुई रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ।

ढुंगानाले विभिन्न व्यक्तिहरुको नाममा रहेको ११ वटा कनेक्ट आइपिएसमा ५५ वटा बैंक खाता लिंक गरेर ४८ करोड ८० लाख  बराबरको कारोबार गरेको देखिएको छ।

त्यस्तै, १५ वटा वालेटहरु प्रयोग गरेर ५ करोड  बराबरको कारोबार गरेको पनि खुल्न आएको छ। ५६ वटा बैंक खाताहरु प्रयोग गरि ६१ करोड ६४ लाख  बराबरको कारोबार गरेको पनि देखिएको छ।

ब्यालेन्स एप मार्फत दुईवटा खाता प्रयोग गरेर उनले विभिन्न २४३ प्रकारका क्रिप्टोकरेन्सी गरि कूल १ अर्ब ३४ करोड ५२ लाख ९१ हजार बराबरको कारोबार गरेको पनि देखिएको छ।

उनले सामाजिक संजालमा ३६५ नामको फेसबुक पेज खोलेर मानिसलाई जुवामा संलग्न गराउने गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ।