काठमाडौं। कतारबाट अवैध तरिकाले सुन ल्याउने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार सुनसरीको रामधुनी नगरपालिका-७ घर भएका ३२ वर्षीय जीवन बस्नेतलाई नियन्त्रणमा लिएको हो। गौशालाबाट पक्राउ परेका बस्नेतको साथबाट प्रहरीले ५० ग्राम सुन बरामद गरेको छ।
उनले कतारबाट सुन ल्याइदिए वापत १६ हजार रुपैयाँ लिने गरेकको प्रहरीको अनुसन्धानमा खुलेको छ। त्यस्तै, ल्याएको सुन सम्बन्धित व्यक्तिमा पुर्याए वापत थप ५ हजार रुपैयाँ लिने गरेको देखिएको छ। प्रहरीले बस्नेतको साथबाट १ लाख ६० हजार रुपैयाँ समेत बरामद गरेको छ।
पछिल्लो समय सुन तस्करी गर्नेहरूले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई सुन बोकाएर पठाउने गरेका छन्। पुरुषको हकमा वैदेशिक रोजगारमा भएकाले २५ ग्रामसम्म सुनका गहना ल्याउन पाउँछन्।