BIZMANDU
www.bizmandu.com

भीम ढकाल र उमेशराज जोशीसहित प्राविधिकतर्फका डीआइजीले लगाए एआइजीको फुली

२०८१ बैशाख ३०

भीम ढकाल र उमेशराज जोशीसहित प्राविधिकतर्फका डीआइजीले लगाए एआइजीको फुली
भीम ढकाल र उमेशराज जोशीसहित प्राविधिकतर्फका डीआइजीले लगाए एआइजीको फुली

काठमाडौं । गत बिहीबार बढुवा भएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरू उमेशराज जोशी र भीम प्रसाद ढकालले दर्ज्यानी चिह्न लगाएका छन्।

Tata
GBIME

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

मन्त्रिपरिषद्को २०८१ वैशाख २७ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा भएका थिए।

त्यस्तै, प्राविधिक तर्फ प्रहरी नायव महानिरीक्षकद्वय डा. देउती गुरूङ र ई. नबिन्द अर्यालले पनि डीआइजीको फुली लगाएका छन्।

उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८१ वैशाख २३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा गुरूङ र अर्याल बढुवा भएका थिए।