BIZMANDU
www.bizmandu.com

नेपाल लाइफ इन्स्योरेन्सले सहायक कम्पनीको सीइओका लागि माग्यो आवेदन

२०८१ बैशाख २६

नेपाल लाइफ इन्स्योरेन्सले सहायक कम्पनीको सीइओका लागि माग्यो आवेदन
नेपाल लाइफ इन्स्योरेन्सले सहायक कम्पनीको सीइओका लागि माग्यो आवेदन


काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्टका लागि प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा दरखास्त आह्वान गरेको छ।

Tata
GBIME
NLIC

कम्पनीले लगानी विविधीकरण गर्न सहायक कम्पनी स्थापना गरेपछि सीइओ माग गरेको हो।

सीइओका लागि कम्पनीले अर्थशास्त्र तथा व्यवस्थापन संकायमा स्नातकोत्तर गरेर बैंक तथा वित्तीय क्षेत्रमा १० वर्षे अनुभव भएको र कम्तिमा ५ वर्ष व्यवस्थापकीय नेतृत्वमा रहेर काम गरिसकेको हुनुपर्ने योग्यता तोकेको छ।

तोकिएको योग्यता तथा अनुभव र ४५ वर्षभन्दा कम उमेर भएको व्यक्तिले जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

पछिल्लो समय इन्स्योरेन्स कम्पनीले लगानी विविधीकरण गर्न सहायक कम्पनी स्थापना गर्न थालेका छन्। बीमा ऐन, २०७९ ले कम्पनीहरुले लगानी बढाउन सहायक कम्पनी स्थापना गर्न सक्ने व्यवस्था गरेको छ।

प्राधिकरणले कम्पनीहरुलाई लगानीका लागि क्षेत्रहरु र सीमा तोकेको छ। त्यसको आधारमा इन्स्योरेन्स कम्पनीहरुलाई सहायक कम्पनी खोलेर विशिष्टकृत क्षेत्रमा लगानी गर्ने बाटो खुला भएको हो।