BIZMANDU
www.bizmandu.com

कर्पोरेट सुपर सिक्सेस : आइसीएफसी फाइनान्सलाई हराएर माछापुच्छ्रे बैंक च्याम्पियन

२०८१ बैशाख २५

कर्पोरेट सुपर सिक्सेस : आइसीएफसी फाइनान्सलाई हराएर माछापुच्छ्रे बैंक च्याम्पियन
कर्पोरेट सुपर सिक्सेस : आइसीएफसी फाइनान्सलाई हराएर माछापुच्छ्रे बैंक च्याम्पियन


काठमाडौं। माछापुच्छ्रे बैंकले कर्पोरेट सुपर सिक्सेस सिजन-७ को उपाधि जितेको छ। मुलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक च्याम्पियन बनेको हो।

Tata
GBIME
NLIC

एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो। आइसीएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो। माछापुच्छ्रेको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन बनाए।

आइसीएफसी फाइनान्सको बलिङमा सुरज तिमल्सिना र सन्जोक गुरुङले समान एक विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेनन्।

त्यसअघि आइसीएफसी फाइनान्सले निर्धारित पाँच ओभरमा एक विकेटको क्षतिमा ६५ रनको योगफल बनाएको थियो। आइसिएफसी फाइनान्सका लागि अरविन्द राणाले १३ बलमा ३१ रन र सुरज तिमल्सिनाले १३ बलमा १६ रन जोडे।

माछापुच्छ्रेको बलिङमा कुनै पनि बलरले विकेट लिन सकेन। यस सिजनको विजेता माछापुच्छ्रे र उपविजेता आइसीएफसी फाइनान्सले ट्रफी र गिफ्ट ह्याम्पर पाए।

यस संस्करणको विजेता माछापुच्छ्रे बैंकले आगामी सिजन फ्रि इन्ट्री पाएको छ। प्लेयर अफ दी टुर्नामेन्टमा आइसीएफसी फाइनान्सका सुरज तिमल्सिना र बेस्ट ब्याट्सम्यान एनआइसी एसियाका अमर रावल घोषित हुँदै गिफ्ट ह्याम्पर पाए।

त्यस्तै बेस्ट बलरमा आइसीएफसी फाइनान्सका सुरज तिमल्सिना, बेस्ट फिल्डरमा माछापुच्छ्रेका श्रीजन सुवेदी र बेस्ट विकेटकिपर माछापुच्छ्रे निशेष केसीले पनि गिफ्ट ह्याम्पर पाए।

प्रतियोगिताको बैंकिङ पार्टनर एनआइसी एसिया छ। विजेतालाई एमाले नेता कर्ण थापा, हरिनारायण रौनियार, नेकोसका अध्यक्ष पर्शुराम बस्नेत, नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र एसएस एभेन्ट्सका निर्देशक सुमित रौनियारले पुरस्कृत गरे।