BIZMANDU
www.bizmandu.com

१६.१८ अंकले घट्यो सेयर बजार, मूल्य उचालेर बढाइएका फाइनान्सका लगानीकर्ताले गुमाए

२०८१ बैशाख २४

१६.१८ अंकले घट्यो सेयर बजार, मूल्य उचालेर बढाइएका फाइनान्सका लगानीकर्ताले गुमाए
१६.१८ अंकले घट्यो सेयर बजार, मूल्य उचालेर बढाइएका फाइनान्सका लगानीकर्ताले गुमाए

काठमाडौं। सेयर बजार लगातार ओरालो लागेको छ। सोमबार नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ को विन्दुमा झरेको हो।

Tata
GBIME
Nepal Life

आइतबार परिसूचक २४.५८ अंकले घटेको थियो। विकास बैंक बाहेकका सबै उपसमूह घटेका छन्, जसले बजार घटाएका हुन्।

गत साता निरन्तर उकालो लागेको फाइनान्स समूहको उपसूचक सर्वाधिक १.९६ प्रतिशतले घटेको छ। पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

गत साता यी कम्पनीको सेयर मूल्य उचालेर बढाइएको देखिएको थियो। कारोबारमा आएका ३१० मध्ये १७७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। ६२ कम्पनीको सेयर मूल्य बढेको छ।

अन्तिम समयमा बोटलर्स नेपाल (तराई)को सेयर मूल्य उचालेर ९.०३ प्रतिशतले बढाइएको छ।

कारोबार रकम २ अर्ब ८९ लाख १३ करोड रुपैयाँमा सीमित भएको छ। सबैभन्दा धेरै ३१ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।