BIZMANDU
www.bizmandu.com

करदाता सेवा कार्यालयबाट उठ्ने राजस्व बढ्यो, ३९ कार्यालयबाट गत वर्षको चैतभन्दा बढी संकलन

२०८१ बैशाख २४

करदाता सेवा कार्यालयबाट उठ्ने राजस्व बढ्यो, ३९ कार्यालयबाट गत वर्षको चैतभन्दा बढी संकलन
करदाता सेवा कार्यालयबाट उठ्ने राजस्व बढ्यो, ३९ कार्यालयबाट गत वर्षको चैतभन्दा बढी संकलन

काठमाडौ। करदाता सेवा कार्यालयबाट उठ्ने राजस्व गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा वृद्धि भएको छ।

Tata
GBIME

गत वर्ष चैतसम्म १२ अर्ब १६ करोड राजस्व संकलन भएको थियो। चैतसम्म उक्त रकममा १.५३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए। उनले चालु आर्थिक वर्षको बाँकी दुई महिनामा सो वृद्धि दर थप बढ्ने अनुमान गरे। देशभर ३९ वटा करदाता सेवा कार्यालय छन्।

ती कार्यालयले करदातालाई पायक पर्ने स्थानबाट आयकर, मूल्य अभिवृद्धि कर, अन्त: शुल्क तथा शिक्षा र स्वास्थ्य क्षेत्रको कर संकलन गर्दै आएका छन्। यसैबीच आन्तरिक राजस्व कार्यालयले ३९ वटै करदाता सेवा कार्यालयका प्रमुखसहित कर्मचारीहरुको कार्यसम्पादन समीक्षा सम्पन्न गरेको छ।

सबै कार्यालयका कर्मचारीसँग आफूले भर्चुअल माध्यमद्वारा कार्यसम्पादन समीक्षा गरेको जानकारी दिए। समीक्षामा उनले राजस्व निगरानी र करदाता सचेतना बढाउन निर्देशन दिए। तिवारीले अनुशासित भएर सरल र बिना झण्झट सेवा प्रवाह गर्न आग्रह गरे।