BIZMANDU
www.bizmandu.com

बन्द भएका ६३ वटा पब संचालन गर्दै हाइनिकेन, ‘रिनोभेसन’लाई छुट्याइयो साढे ६ अर्ब

२०८१ बैशाख २४

बन्द भएका ६३ वटा पब संचालन गर्दै हाइनिकेन, ‘रिनोभेसन’लाई छुट्याइयो साढे ६ अर्ब
Photo : tempocyprus

नेदरल्याण्ड्सको ब्रुविङ जायन्ट हाइनिकेनले बेलायतमा बन्द भएका ६२ वटा पब पुन: संचालन गर्ने भएको छ। बन्द भएका सँगै त्यहाँ संचालित सयौं पबमा हाइनिकेनले ३९ मिलियन पाउण्ड (६ अर्ब ५१ करोड रुपैयाँ) लगानी गर्न लागेको हो।

Tata
GBIME

कम्पनीले यो लगानी थपिएसँगै एक हजारभन्दा बढी रोजगारी सिर्जना हुने पनि जनाएको छ। करिब ६०० भन्दा बढी पबको रिनोभेसन गर्ने योजना छ।

बियर पिउने आउने ग्राहकहरुलाई पबमा खेल्ने, डिनर गर्ने र खेल हेर्ने प्रबन्धसहितको नयाँ व्यवस्था गरिने कम्पनीले जनाएको छ। स्थानीयलाई लक्षित गरेर पबको पुनर्निर्माण गरिन लागिएको हो।

बेलायतमा पबको संख्या पछिल्लो समय घट्दै गएको छ। सन् २०२३ मा मात्रै करिब ५०० पब बन्द भएका थिए।