BIZMANDU
www.bizmandu.com

वसन्तपुरमा जापानी विदेशमन्त्रीको अवलोकन, डबलीको पसलबाट किनिन् बुद्धको मूर्ति

२०८१ बैशाख २३

वसन्तपुरमा जापानी विदेशमन्त्रीको अवलोकन, डबलीको पसलबाट किनिन् बुद्धको मूर्ति
वसन्तपुरमा जापानी विदेशमन्त्रीको अवलोकन, डबलीको पसलबाट किनिन् बुद्धको मूर्ति


काठमाडौं। आज नेपाल भ्रमणमा आएकी जापानी विदेश मन्त्री कामिखावा योकोले वसन्तपुर दरबार क्षेत्रको अवलोकन गरेकी छन्।

Tata
GBIME

आज दिउँसो वसन्तपुरमा पुगेकी उनले त्यहाँ दरबार क्षेत्रसँगै कालभैरव, कुमारी मन्दिर लगायत अन्य सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेकी थिइन्।

करिब आधा घण्टा दरबार क्षेत्रमा बिताएकी उनले कुमारी घरसँगैको डबलीम राखिएका पसलहरु घुमेकी थिइन्। उनले त्यहाँबाट बुद्धको मूर्ति खरिद गरिन्।

उनका साथमा नेपालका लागि जापानी राजदूत किकुता युताकासँगै अन्य व्यक्तिहरु पनि थिए।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजफ श्रेष्ठले आज कामिकावाको सम्मानमा रात्रिभोजको आयोजना गर्दैछन्।राजनीतिक भेटघाटपछि कामिकावा आजै राति जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ।