BIZMANDU
www.bizmandu.com

वीर अस्पताललाई दुवाकोटमा विस्तार गर्न आवश्यक बजेट दिने प्रधानमन्त्री दाहालको आश्वासन

२०८१ बैशाख २३

वीर अस्पताललाई दुवाकोटमा विस्तार गर्न आवश्यक बजेट दिने प्रधानमन्त्री दाहालको आश्वासन
k|wfgdGqL …k|r08Ú–pb3f6g sf7df8f}F, @# j}zfv M k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú cfOtaf/ lrlsT;f lj1fg /fli6«o k|lti7fgsf] @@cf}F :yfkgf lbj;sf] pb3f6g ub}{ . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले भक्तपुरको दुवाकोटमा पहिलो चरणमा ५०० शय्याको अस्पताल र मेडिकल कलेज बनाउन आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिएका छन्।

Tata
GBIME
Nepal Life

उनले आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को २२औं स्थापना दिवसका अवसरमा वीर अस्पताललाई दुवाकोटमा विस्तार गर्नका लागि बजेट उपलब्ध गराउने आश्वासन दिएका हुन्।

‘गुरुयोजना अनुसार पहिलो चरणमा ५०० शय्याको अस्पताल र मेडिकल कलेज निर्माणलाई प्राथमिकता साथ अघि बढाइने विश्वास दिलाउन चाहन्छु,’ उनले भने।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २०७३/७४ को बजेट सार्वजनिक गर्ने क्रममा वीर अस्पताललाई दुवाकोटमा विस्तार गर्ने घोषणा गरेका थिए। कतिपयले यो घोषणालाई जग्गाको भाउ बढाउन कारोबारीको स्वार्थमा लिइएको निर्णय भनेर आलोचना गरेका थिए।

न्याम्सले दुवाकोटमा १,५०० शय्याको अस्पताल बनाउन गुरुयोजना तयार पारेको छ। तर कतैबाट पनि बजेट नजुटेकाले काम अगाडि बढेको छैन।

प्रधानमन्त्री दाहालले वीर अस्पताललाई आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण र बजेट उपलब्ध गराउने आश्वासन पनि दिए।