BIZMANDU
www.bizmandu.com

कञ्चनजंघा र बिरुवा कन्स्ट्रक्सनसँगको ठेक्का तोडियो, धरौटीसमेत जफत गरिने

२०८१ बैशाख २३

कञ्चनजंघा र बिरुवा कन्स्ट्रक्सनसँगको ठेक्का तोडियो, धरौटीसमेत जफत गरिने
कञ्चनजंघा र बिरुवा कन्स्ट्रक्सनसँगको ठेक्का तोडियो, धरौटीसमेत जफत गरिने

काठमाडौं । सडक डिभिजन कार्यालय बुटवलले दुईवटा निर्माण कम्पनीसँग ठेक्का तोडेको छ। आइतबार कार्यालयले सूचना जारी गर्दै कञ्चनजंघा र बिरुवा कन्स्ट्रक्सनसँग ठेक्का तोडेको जनाएको हो।

Tata
GBIME
Nepal Life

डिभिजनले यसअघि ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गर्न १५ दिने सूचना अनुसार २०८० चैत २६ मा ठेक्का अन्त्य गर्ने आशयको पत्र निकालेको थियो। सो समयमा डिभिजनले निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र काम सम्पन्न गर्न सक्ने ‘अपडेट वर्क सेडुअल’ सहित स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धताका साथ फेरि काम गर्न अनुमति दिइएको थियो।

तर, उक्त ताकेतालाई पनि निर्माण कम्पनीले वेवास्ता गरेपछि सार्वजनिक खरिद ऐन, २०६३ अनुसार ठेक्का सम्झौता अन्त्य गरिएको कार्यालयले जनाएको हो।

डिभिजनले यी कम्पनीहरुलाई कालोसूचीमा समेत राख्न सिफारिस गर्ने तयारी समेत गरेको छ। साथै, ठेक्का सम्झौताको सर्त अनुसार कार्य सम्पादन जमानत, धरौटी वापतको रकम र यस अघि पेश्की जफत नगरेको भए पेश्की रकमसमेत जफत गरिने भएको छ।