BIZMANDU
www.bizmandu.com

तौल घटाउने औषधिमा लाखौं खर्च गर्दै अमेरिकी, हरेक हप्ता २५ हजार प्रयोगकर्ता

२०८१ बैशाख २१

तौल घटाउने औषधिमा लाखौं खर्च गर्दै अमेरिकी, हरेक हप्ता २५ हजार प्रयोगकर्ता
FILE PHOTO: A 0.25 mg injection pen of Novo Nordisk's weight-loss drug Wegovy is shown in this photo illustration in Oslo, Norway, September 1, 2023. REUTERS/Victoria Klesty/Illustration/File Photo


औषधि उत्पादक कम्पनी नोभो नरडिस्कले तौल कम गर्ने औषधि (इन्जेक्सन)को माग उच्च रहेको जनाएको छ। अमेरिकामा एक सातामा करिब २५ हजार मानिसले तौल घटाउने औषधि लिन सुरु गरेको कम्पनीले जनाएको छ।

Tata
GBIME
NLIC

कम्पनीका प्रमुख कार्यकारी अधिकृत लार्स फ्रुग्रार्ड जगर्सनले औषधिको अत्याधिक धेरै माग रहेको बताएका हुन्। ‘सप्लाइ’ गर्ने क्षमता भन्दा बढी माग आउने अवस्था रहेको उनको भनाइ छ। यद्यपि, कम्पनीले औषधिको थप डोजहरु बजारमा पठाउने तयारी गरिरहेको छ।

तौल कम गर्ने सो इन्जेक्सनको नाम ‘विगोभी’ हो। सो कम्पनीले टाइप टु डायबिटिजको लागि ‘ओजेमपिक’ औषधि उत्पादन गर्छ। कम्पनीको अमेरिका र डेनमार्कमा उत्पादन उद्योगहर संचालित छन्। बढ्दो मागसहित कम्पनीले आफ्नो क्षमता विस्तारको लागि पनि तयारी गरिरहेको छ।

अर्को औषधि उत्पादक इली लिल्ली कम्पनी नोभो नरडिस्कको प्रतिष्पर्धी हो। सो कम्पनीले पनि ‘ट्रिजेपटाइड’ औषधि बनाउँछ। जसको माग पनि उच्च रहेको छ।

हरेक हप्ता सो कम्पनीका औषधिको हाल हजारौंले आवेदन दिने गर्छन्। यो औषधि प्रयोग गर्न चाहनेले प्रति महिना १३ सय अमेरिकी डलर (करिब १ लाख ७३ हजार रुपैयाँ) सम्म खर्च गर्छन्। वार्षिक १६ हजार डलर (२१ लाख रुपैयाँ) सम्म पर्ने गरेको बताइन्छ। इन्स्योरेन्सको रकम त्यहाँ गरिएको हेल्थ इन्स्योरेन्सको आधारमा थपघट हुने गरेको छ।

अमेरिकामा यी औषधिहरुलाई लिएर केहीले भने प्रश्न पनि उठाइरहेका छन्।