BIZMANDU
www.bizmandu.com

काठमाडौं महानगरको ‘सिप मेला’ सुरु, ज्योतिषीदेखि डिजिटल मार्केटिङसम्मको तालिम

२०८१ बैशाख १९

काठमाडौं महानगरको ‘सिप मेला’ सुरु, ज्योतिषीदेखि डिजिटल मार्केटिङसम्मको तालिम
काठमाडौं महानगरको ‘सिप मेला’ सुरु, ज्योतिषीदेखि डिजिटल मार्केटिङसम्मको तालिम

काठमाडौं। विश्व मजदुर दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाले आजदेखि टुँडिखेलमा ‘सिप मेला २०८१’ आयोजना गरेको छ।

Tata
GBIME

यो मेलामा १० वटा क्षेत्रका २९ पेसासँग सम्बन्धित विषयमा २ हजार ८१ जनालाई निःशुल्क तालिम प्रदान गरिने महानगरपालिका उपप्रमुख सुनिता डंगोलले बताइन्।

१० वटा क्षेत्रभित्र २९ प्रकारका पेसागत तालिम हुनेछन्। मागका आधारमा थप क्षेत्र र पेसा थप गर्ने योजना महानगरको छ।

हाल महानगरले माली, डिजिटल मार्केटिङ, जुत्ता बनाउने, ज्योतिषी र पुरोहित, कपाल काट्ने, हेयर स्टाइलिङ, प्लम्बिङ, इलेक्ट्रिसियन, कम्पयुटर हार्डवेयर र नेटवर्किङ, रेफ्रिजिरेटर र एसी टेक्निसियन, वेल्डिङ, टायल र मार्बल फिटिङ, वेटर लगायत तालिम दिइनेछ। यो सबै तालिम सभागृह लगायतका स्थानमा हुनेछन्।

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउन यो तालिम सुरु गरिएको हो।

यस्तै, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाएर, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु पनि तालिम संचालनको मुख्य लक्ष्य रहेको महानगरले जनाएको छ।

तालिम एक महिनासम्म संचालन हुनेछ।