BIZMANDU
www.bizmandu.com

साख: ग्रुपले गोरुसिंगेमा सुविधासम्पन्न रिसोर्ट बनाउने, २ अर्ब लगानी गर्न हङकङको कम्पनीसँग सम्झौता

२०८१ बैशाख १७

साख: ग्रुपले गोरुसिंगेमा सुविधासम्पन्न रिसोर्ट बनाउने, २ अर्ब लगानी गर्न हङकङको कम्पनीसँग सम्झौता
साख: ग्रुपले गोरुसिंगेमा सुविधासम्पन्न रिसोर्ट बनाउने, २ अर्ब लगानी गर्न हङकङको कम्पनीसँग सम्झौता

काठमाडौं। साख: ग्रुपले होटलमा लगानी विस्तार गर्ने भएको छ। साख: ग्रुपले हङकङको अनफरमन ग्रुप र बोर होटलसँग मिलेर रिसोर्टमा लगानी विस्तार गर्ने भएको हो।

Tata
GBIME

कपिलवस्तुको गोरुसिंगेमा रिसोर्ट बनाउनका लागि सोमबार लगानी सम्मेलनमा सम्झौता गरिएको छ। साख: एण्ड कम्पनीका अध्यक्ष किरण साख र अनफरमन ग्रुपकी अध्यक्ष लि पिङले सम्झौतामा हस्ताक्षर गरे।

उनीहरुले अर्थमन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको उपस्थितिमा सम्झौता आदानप्रदान गरे।

सम्झौता अनुसार रिसोर्टमा करिब २ अर्ब रुपैयाँ लगानी गरिनेछ। यो लगानी जग्गा बाहेकको हो। कम्पनीले रिसोर्टका लागि २२ बिगाहा जग्गा यसअघि नै खरिद गरिसकेको छ।

गोरुसिंगेबाट तौलिहवातर्फ ६ किलोमिटरको दूरीमा रहेको जग्गामा साख: ग्रुपले अहिले व्यावसायिक कृषि गर्दै आएको छ।

‘हामी यसअघि फनपार्क बनाउने योजनामा थियौं। तर अब फनपार्कको साटो सुविधासम्पन्न रिसोर्ट बनाउने निर्णयमा पुगेका छौं,’ साखले बिजमाण्डूसँग भने, ‘हङकङको कम्पनी र हाम्रो संयुक्त लगानीमा रिसोर्ट सञ्चालनमा आउनेछ।’

उनका अनुसार रिसोर्ट अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ। जहाँ ७० वटा कोठा हुनेछन्। एउटा कोठाको शुल्क न्यूनत ५५ हजार रुपैयाँ हुने उनको भनाइ छ।

साख: ग्रुपका अध्यक्ष किरण साख र अनफरमन ग्रुपकी अध्यक्ष लि पिङ सम्झौता देखाउँदै

खासगरी लुम्बिनी घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी साख: ग्रुपले गोरुसिंगे रिसोर्ट बनाउने भएको हो।

साख: ग्रुपले यसअघि झापाको सुरुङ्गामा ह्याप्पी ल्याण्ड फनपार्क संचालनमा ल्याएको थियो।

पाँच विगाहा क्षेत्रफलमा निर्माण भएको पार्कमा माछा पोखरी, इफेल टावर, झरना, कोलम्बस, ४० फिटको टावरबाट २० फिटमा ल्याण्ड हुनेगरी जीपलाइन छन्। यो पार्कमा वेभ पुल समेत छ। समुन्द्रको छालमा रमाउनका लागि पहिलो पटक वेभ पुल निर्माण गरिएको हो।

पेन्ट्स, स्टिल, गार्मेन्ट, ननफिरियस मेटल्सलगायत उद्योगमा साख: ग्रुपको लगानी छ।