BIZMANDU
www.bizmandu.com

काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो बिहान ९ बजेदेखि कार्यालय सेवा

२०८१ बैशाख १४

काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो बिहान ९ बजेदेखि कार्यालय सेवा
काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो बिहान ९ बजेदेखि कार्यालय सेवा

काठमाडौं। काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ। सेवा सहजताका लागि बिहान १ घण्टा अगाडि कार्यालय सञ्चालन गर्न थालिएको प्रवक्ता नवीन मानन्धरले बताए।

Tata
GBIME
Nepal Life

बेलुकीको समय भने परिवर्तन भएको छैन। यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजना कार्यालयको हकमा पनि लागू हुनेछ।

थप समयमा काम गर्नका लागि कर्मचारीहरुलाई प्रोत्साहन गर्न ‘काठमाडौँ महानगरपालिका कर्मचारी सेवा सुविधासम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ।

बिहान १० बजेबाट सरकारी तथा निजी क्षेत्रका कार्यालयमा काम गर्ने कर्मचारीलाई यो व्यवस्थाले महानगरपालिकाबाट सेवा प्राप्त गर्न सहज हुनेछ। बिहान आफ्नो कार्यालय जानुपूर्व महानगरपालिका र अन्तर्गतका विभिन्न कार्यालयहरूबाट सेवा प्राप्त सजिलो होस भन्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयन गरिएको प्रवक्ता मानन्धरको भनाइ छ।