BIZMANDU
www.bizmandu.com

राष्ट्रिय बीमा कम्पनीको सीइओमा श्रेष्ठ नियुक्त, लगानी कोषमा तीन जनाको सूचीमै थिएनन्

२०८१ बैशाख १४

राष्ट्रिय बीमा कम्पनीको सीइओमा श्रेष्ठ नियुक्त, लगानी कोषमा तीन जनाको सूचीमै थिएनन्
राष्ट्रिय बीमा कम्पनीको सीइओमा श्रेष्ठ नियुक्त, लगानी कोषमा तीन जनाको सूचीमै थिएनन्

काठमाडौं। राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शिवहरि श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले श्रेष्ठलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले माघ २४ मा आह्वान गरेको दरखास्तमा सीइओका लागि ९ जनाले आवेदन दिएकामा चैत ३० गते पदपूर्ति उपसमितिले ४ जनालाई सर्टलिस्ट गरेको थियो।

सर्टलिस्टमा श्रेष्ठसँगै सुरेन्द्र थापा, सुवास कोइराला र नारायणकुमार भट्टराई परेका थिए।

श्रेष्ठ खाद्य व्यवस्था तथा व्यापार कम्पनीका पूर्वप्रमुख हुन्। संस्थानमा रहँदा उनी विवादित भएका थिए। उनीविरुद्ध २०७६ फागुनमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।

श्रेष्ठले मेही महिनाअघि नागरिक लगानी कोषको कार्यकारी निर्देशक बन्न पनि प्रतिस्पर्धा गरेका थिए। सर्टलिस्ट परे पनि उनी अन्तिम तीन जनाको सूचीमा भने अटाएका थिएनन्।

तत्कालीन बीमा संस्थानको सीइओका रुपमा समेत काम गरिसकेका उनी प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठका दाइ हुन्।