BIZMANDU
www.bizmandu.com

२०७४ सालमा केरुङबाट काठमाडौं ल्याइएको ८८ किलो सुन प्रकरणमा जोडिएका बडू पक्राउ

२०८१ बैशाख १४

२०७४ सालमा केरुङबाट काठमाडौं ल्याइएको ८८ किलो सुन प्रकरणमा जोडिएका बडू पक्राउ
२०७४ सालमा केरुङबाट काठमाडौं ल्याइएको ८८ किलो सुन प्रकरणमा जोडिएका बडू पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध महाशाखाले आज करिब १ किलो ७०० ग्राम सुन सहित ७ जनालाई पक्राउ गरेर सार्वजनिक गर्‍यो। पक्राउ परेकाहरु मध्ये एकजना ८८ किलो सुन प्रकरणमा जोडिएको व्यक्ति भएको खुलेको छ।

Tata
GBIME
Nepal Life

प्रहरीका अुनसार हाल पक्राउ परेका गणेश दत्त बडू २०७४ साल भदौ १९ गते क्षेत्रपाटीबाट बरामद ८८ किलो सुन प्रकरणमा मुछिएका हुन्। त्यसबेला केरुङ नाका हुँदै काठमाडौं सुन ल्याइएको थियो।

प्रहरीले बडूसँगै उनका छोरालाई पनि पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाको विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो।

पक्राउ परेकाहरुको साथबाट १ करोड ४३ लाख रुपैयाँसमेत बरामद गरिएको छ। सो रकम हुन्डी मार्फत ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।