BIZMANDU
www.bizmandu.com

अध्यादेशबाट कानुन बन्यो भनेर ढुक्क हुने अवस्था छैन : पूर्वअर्थमन्त्री डा. खतिवडा

२०८१ बैशाख १४

अध्यादेशबाट कानुन बन्यो भनेर ढुक्क हुने अवस्था छैन : पूर्वअर्थमन्त्री डा. खतिवडा
अध्यादेशबाट कानुन बन्यो भनेर ढुक्क हुने अवस्था छैन : पूर्वअर्थमन्त्री डा. खतिवडा

काठमाडौं। पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अध्यादेशबाट कानुन बन्यो भनेर ढुक्क हुने अवस्था नरहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

अर्थको अर्थले आयोजना गरेको कार्यक्रममा उनले अध्यादेशलाई संसद्‍बाट ल्याउन धेरै समय लाग्ने भन्दै अपेक्षा धेरै राखे निरास भइने बताए।

आन्तरिक लगानीबाट ठूलो परियोजना बनाउन नसकिने भन्दै धेरै लगानी बाहिरबाट ल्याउनु पर्ने उनले बताए। लगानीको ग्याप ठूलो भएकाले पूर्वाधार लगानीलाई अवसरका रूपमा पनि हेर्न सकिने उनको भनाइ थियो।

उर्जा व्यापारलाई राजनीतिक कूटनीति आवश्यक भएको भन्दै भारत सहमत नभई हामीले चाहेर मात्र उर्जा व्यापार हुन नसक्ने उनले बताए। सबै एउटैलाई दिनु पनि उचित नभएको भन्दै उनले यसमा सचेत भएर रणनीति बनाउनु पर्ने खतिवडाले बताए।

अहिले हेजिङ, विदेशी मुद्राको मात्र जोखिम नरहेको भन्दै उनले अन्य लगानी जोखिम पनि रहेको बताए।