BIZMANDU
www.bizmandu.com

अमेरिकालाई चिनियाँ कम्पनी बाइटडान्सको जवाफ : टिकटक बेच्ने योजना छैन

२०८१ बैशाख १४

अमेरिकालाई चिनियाँ कम्पनी बाइटडान्सको जवाफ : टिकटक बेच्ने योजना छैन
अमेरिकालाई चिनियाँ कम्पनी बाइटडान्सको जवाफ : टिकटक बेच्ने योजना छैन

चिनियाँ एप टिकटकको पेरेन्ट कम्पनी बाइटडान्सले एप बेच्ने योजना नरहेको जनाएको छ। अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने गरि कानुन पारित गरेसँगै बाइटडान्सको प्रतिक्रिया आएको हो।

Tata
GBIME
Nepal Life

अमेरिकाको कंग्रेस र सिनेटबाट टिकटकमाथि प्रतिबन्ध लाग्न सक्ने गरि प्रस्तावित विधेयक पारित भइसकेको छ। सो विधेयक राष्ट्रपति जो बाइडेनले बुधवार हस्ताक्षर गरेपछि लागू भएको थियो। कानुन अनुसार टिकटकले अब को ९ महिनामा अमेरिकामा कम्पनी बेच्नु पर्नेछ। नभए एप माथि प्रतिबन्ध लगाउन सकिनेछ।

टिकटकले भने अमेरिकाको सो निर्णय असंवैधानिक भएको भन्दै त्यसलाई अदालतमा चुनौती दिने बताइसकेको छ।

‘अन्तर्राष्ट्रिय संचारमाध्यममा बाइटडान्सले टिकटक बेच्ने तयारी गरेको भन्दै आएको समाचार झुटो हझ,’ कम्पनीले भनेको छ।

टिकटकको स्वामित्व बेच्नै पर्ने अवस्था सिर्जना भए त्यसमा चिनियाँ पक्षको स्वीकृति चाहिन्छ। त्यसैले यस प्रकारको ‘डिल ब्रेक’ हुन वर्षौं लाग्न सक्ने पनि अनुमान छ।

टिकटकका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामा चुनौती थपिएको भन्दै प्रतिबन्धको प्रयास भएको हो। यद्यपि, अमेरिकी युवा वर्गमा भने टिकटक माथि प्रतिबन्ध लगाउन नहुने बलियो मत छ। टिकटक आफ्नो जीविकोपार्जनको माध्यम भएको भन्दै उनीहरुले एप बन्द गर्न नहुने भन्दै आवाज उठाइरहेका छन्।