BIZMANDU
www.bizmandu.com

नेप्सको विशेष साधारण सभाले पारित गर्‍यो नेपाल क्लियरिङ हाउससँगको मर्जरको प्रस्ताव

२०८१ बैशाख १४

नेप्सको विशेष साधारण सभाले पारित गर्‍यो नेपाल क्लियरिङ हाउससँगको मर्जरको प्रस्ताव
नेप्सको विशेष साधारण सभाले पारित गर्‍यो नेपाल क्लियरिङ हाउससँगको मर्जरको प्रस्ताव

काठमाडौं। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)को विशेष साधारण सभाले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग मर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

Tata
GBIME
Nepal Life

नयाँ एकीकृत संस्थाले उत्कृष्ट डिजिटल भुक्तानी, कार्ड अनुभव र राष्ट्रिय भुक्तानी रणनीतिलाई अझ राम्रो बनाउने अपेक्षा गरिएको छ। अबको केही साताभित्र मर्जरका सम्पूर्ण प्रक्रिया पूरा हुने अपेक्षा गरिएको छ।

दुई संस्थाबीच गत पुसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। त्यसपछि गत चैतमा सम्झौतालाई अन्तिम रुप दिइएको थियो।

एनसीएचएलमा राष्ट्र बैंकका साथै बैंक तथा वित्तीय संस्थाहरूको पनि लगानी छ। नेप्समा पनि बैंक तथा वित्तीय संस्थाहरूको लगानी छ।

दुवै संस्था राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमतिमा संचालनमा छन्। दुई संस्था एक भएपछि विद्युतीय भुक्तानी पूर्वाधार विकासमा थप सहयोग पुग्ने विश्‍वास लिइएको छ।

नेप्सले विभिन्‍न कार्ड स्किमका लागि कार्ड स्वीचको पूर्वाधार विस्तार गरी बैंक तथा वित्तीय संस्थाहरूलाई सेवा दिंदै आएको छ। त्यस्तै, एनसीएचएलले कार्डबाहेकका विभिन्‍न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्लाटफर्म मार्फत आफ्ना सदस्यलाई सेवा दिंदै आएको छ।