BIZMANDU
www.bizmandu.com

३० हजार टन युरिया ल्याउन भारतीय कम्पनीले पायो ठेक्का, १०७ दिन भित्र मल ल्याउनुपर्ने

२०८१ बैशाख १४

३० हजार टन युरिया ल्याउन भारतीय कम्पनीले पायो ठेक्का, १०७ दिन भित्र मल ल्याउनुपर्ने
Print

काठामडौं । कृषि सामाग्री कम्पनीले ३० हजार टन युरिया मलको लागि गरेको ठेक्का भारतीय कम्पनीले हात पारेको छ। ३० हजार टन युरिया मल ल्याउने ठेक्का इण्डियन पोटास लिमिटेड(नयाँ दिल्ली) ले पाएको हो।

Tata
GBIME
Nepal Life

कृषि सामाग्री कम्पनीले दुई महिना अघि ठेक्का आह्वान थियो। इण्डियन पोटासले १ करोड २८ लाख ७६ हजार ३०० डलर अर्थात नेपाली रुपैयाँ करिब १ अर्ब ७१ करोड २५ लाख ४७ हजार रुपैयाँमा ठेक्का पाएको हो।

यसरी ठेक्का सम्झौता भएको १०७ दिनमा कम्पनीले मल ल्याइसक्नुपर्नेछ। नेपालमा मल ल्याउनको लागि प्राय: यही कम्पनी सक्रिया छ।