BIZMANDU
www.bizmandu.com

नक्कली शरणार्थी प्रकरणः एमाले नेता रायमाझीसहित सात थुनामै, तीन जनाको आदेश बदर

२०८१ बैशाख १३

नक्कली शरणार्थी प्रकरणः एमाले नेता रायमाझीसहित सात थुनामै, तीन जनाको आदेश बदर
नक्कली शरणार्थी प्रकरणः एमाले नेता रायमाझीसहित सात थुनामै, तीन जनाको आदेश बदर

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश गरेको छ। न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सात जनाको हकमा उच्च अदालत पाटनको मंसिर १५ गतेकै आदेश सदर गरेको छ। तीन जनाको हकमा आदेश बदर भएको छ।

Tata
GBIME
Nepal Life

अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनीहरूलाई थुनामै राख्ने जिल्ला अदालत काठमाडौं र त्यसलाई सदर गर्ने उच्चको आदेश मिलेको भन्दै बदर अस्वीकार गरेको हो।

सर्वोच्चले रायमाझीसहित तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई र सानु भण्डारीलाई थुनामै राख्ने आदेश सदर गरेको हो।

अदालतले नेपाली कांग्रेसका नेता आङटावा शेर्पालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। ३० लाख रुपैयाँ धरौटीको आदेश भएको हो।

यस्तै, शमशेर मियालाई साधारण तारेखमा र गोविन्द चौधरीलाई दश लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश सर्वोच्चले आदेश गरेको छ।