BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री पुनले अर्थविद्सामु भने- निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ

२०८१ बैशाख १३

अर्थमन्त्री पुनले अर्थविद्सामु भने- निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ
अर्थमन्त्री पुनले अर्थविद्सामु भने- निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले बिहिबार अर्थविद्हरुसँग आगामी आर्थिक वर्षको बजेटका विषयमा परामर्श गर्ने क्रममा निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिने बताएका हुन्।

‘अर्थतन्त्रमा केही सुस्तता छ। खासगरी युवाहरुको अपेक्षा धेरै छ’, उनले भने, ‘निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रलाई उत्साहित बनाउन केही न केही बोल्ड निर्णय गर्नुपर्ने छ,’ उनले भने।

उनले स्रोतमा सीमितताका कारण टाइट गर्नुपर्ने सरकारी बाध्यता र निजी क्षेत्रको खुकुलो वातावरण चाहनाकाबीच सन्तुलन मिलाउनुपर्ने चुनौती रहेको पनि बताए। उनले विगतका असल अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

छलफलमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा. रेशम थापा, विभागका पूर्वप्रमुख डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. शिव भुसाल, अर्थशास्त्रका प्राध्यापक सञ्जय आचार्य, विश्व बैंकको मुख्यालयमा कार्यरत अर्थशास्त्री गोविन्द तिमिल्सिना लगायत सहभागी थिए।

उनीहरुले कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथामकितामा राख्न तथा कार्यान्वयन हुने गरी सानो आकारको बजेट बनाउन तथा बिनातयारीका आयोजनामा बजेट विनियोजन नगर्न सुझाव दिएका थिए।

मन्त्री पुनले बुधबार ७ जना पूर्वअर्थमन्त्रीसँग सुझाव लिएका थिए।