BIZMANDU
www.bizmandu.com

पर्सामा बढ्दै तस्करीका घटना, प्रहरीले बरामद गर्‍यो ४० लाख रुपैयाँको कपडा

२०८१ बैशाख १३

पर्सामा बढ्दै तस्करीका घटना, प्रहरीले बरामद गर्‍यो ४० लाख रुपैयाँको कपडा
पर्सामा बढ्दै तस्करीका घटना, प्रहरीले बरामद गर्‍यो ४० लाख रुपैयाँको कपडा

काठमाडौं । पर्सा प्रहरीले ४० लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ। विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको मालवाहक पिकअप र ट्याक्टर वीरगंजको अलौबाट नियन्त्रणमा लिइएको थियो।

Tata
GBIME
Nepal Life

पिकअप र ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान गर्दा त्यसबाट प्रज्ञापन पत्र र अनलाइन भीसीटीएस बिल भन्दा बढी सामान लोड भएको पाइएको थियो।  

प्रहरीले ४० लाख ३६ हजार २०१ रुपैयाँ बराबरको विभिन्न किसिमका कपडाहरू फेला परेको थियो। ती सामानलाई बारास्थित राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ।

केही दिन अघि पनि पर्साबाटै ठूलो परिणाममा कपडा प्रहरीले बरामद गरेको थियो।