BIZMANDU
www.bizmandu.com

बोइङले एयरलाइन्स कम्पनीलाई ५३ अर्ब क्षतिपूर्ति दिने, ७३७ म्याक्स र ड्रिमलाइनरको उत्पादन कटौती

२०८१ बैशाख १३

बोइङले एयरलाइन्स कम्पनीलाई ५३ अर्ब क्षतिपूर्ति दिने, ७३७ म्याक्स र ड्रिमलाइनरको उत्पादन कटौती
बोइङले एयरलाइन्स कम्पनीलाई ५३ अर्ब क्षतिपूर्ति दिने, ७३७ म्याक्स र ड्रिमलाइनरको उत्पादन कटौती

बोइङले पछिल्लो समय आफ्नो विमानमा समस्या देखिएपछि क्षतिपूर्ति बापत् एयरलाइन्स कम्पनीहरुलाई ४४३ मिलियन अमेरिकी डलर (करिब ५३ अर्ब रुपैयाँ) दिएको छ।

Tata
GBIME
Nepal Life

गत जनवरीमा अलस्का एयरको बोइङ विमानको सीसा उड्डाउड्दै फुटेपछि बोइङमाथि अनुसन्धान अहिले पनि चलिरहेको छ।

सो घटनापछि अमेरिकामा बोइङ विमानहरु ग्राउन्डेड गरिएको थियो। पछि विमानमा बोल्टहरु राम्ररी नकसिएको अनुसन्धानमा भेटिएको थियो। यस्तै, बोइङ विमानका सम्बन्धमा अन्य कमजोरीहरु पनि सार्वजनिक भए। बोइङका पूर्व कर्मचारीले विमाननिर्माणमा लापरबाही नै गरिएको दाबी गरेका छन्।

बढ्दो समस्याका कारण पछिल्लो समय बोइङको सेयर मूल्य पनि घटेको छ। यो वर्षमात्रै ३५ प्रतिशतले सेयरमा प्रभाव परेको छ।

बोइङमो ७३७ म्याक्स विमानमा समस्या देखिएको हो। जसकारण सो मोडलको विमान उत्पादन कटौती गर्ने कम्पनीले निर्णय गरेको छ। पहिला तय गरिएको भन्दै कम संख्यामा मात्रै अब सो मोडलको विमान निर्माण गरिनेछ। यस्तै, ७८७ ड्रिमलाइनर विमानको उत्पादन पनि घटाइनेछ।

अलस्का एयर र युनाइटेड एयरलाइन्स बोइङको विमान ग्राउन्डेड हुँदा सबैभन्दा बढी मर्कामा परेको कम्पनी हुन्। अमेरिकामा यी दुई कम्पनीले बोइङको धेरै विमान प्रयोग गर्ने गर्छ। दुवै कम्पनीले बोइङसँग क्षतिपूर्तिको ‘डिल’ भइसकेको जनाएको छ।