BIZMANDU
www.bizmandu.com

१६ औं योजनाको मस्यौदामा दलहरुका सुझाव समेट्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

२०८१ बैशाख १३

१६ औं योजनाको मस्यौदामा दलहरुका सुझाव समेट्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन
१६ औं योजनाको मस्यौदामा दलहरुका सुझाव समेट्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरुको सुझावलाई १६ औं योजनामा समेट्न निर्देशन दिएका छन्। १६ औं योजनाको मस्यौदालाई अन्तिम रुप दिन बसेको राष्ट्रिय विकास परिषदको बैठकमा उनले सो निर्देशन दिएका हुन्।

Tata
GBIME
Nepal Life

१६ औं योजना यो वर्षको साउन महिनादेखि लागू हुनेछ। योजना बनाउन राष्ट्रिय योजना आयोगले सातै प्रदेशमा पुगेर सुझाव संकलन गरेको थियो।

‘१५ औं योजनामा आर्थिक वृद्धि लक्ष्यभन्दा न्यून रहन गयो। यसपटकका लागि महत्त्वपूर्ण सुझाव आएका छन् यसलाई समेट्नु होला,’ उनले भने।

यस्तै, उनले १६ औं योजनाको मस्यौदा समयमै आएको भन्दै आयोगलाई बधाई दिँदै महत्वपूर्ण सुझावहरुलाई प्रतिवेदनमा समेट्न निर्देशन दिए।

राजनीतिक नेतृत्व वैज्ञानिक ढंगबाट अघि बढ्नुपर्नेमा उनको जोड थियो। सन् २०२६ सम्म देशलाई विकासशील राष्ट्र र मध्यम आय भएको मुलुक बनाउन १६ औं योजनाले साथ दिने उनको विश्वास छ।

तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि तीनै तहको सरकारसँग समन्वयको प्रयास जारी रहेको उनको दाबी थियो।

‘राजनीतिक दल र नेतृत्वमा बृहत् छलफल गरि बजेट ल्याउने कोसिस छ,’ उनले भने।