BIZMANDU
www.bizmandu.com

१६औं योजनाको मस्यौदाप्रति उपप्रधानमन्त्री यादवको असन्तुष्टि, ‘रिभ्यु गर्नुपर्छ’

२०८१ बैशाख १३

१६औं योजनाको मस्यौदाप्रति उपप्रधानमन्त्री यादवको असन्तुष्टि, ‘रिभ्यु गर्नुपर्छ’
१६औं योजनाको मस्यौदाप्रति उपप्रधानमन्त्री यादवको असन्तुष्टि, ‘रिभ्यु गर्नुपर्छ’

काठमाडौं। उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले १६औं योजनाको मस्यौदाप्रति असन्तुष्टि जनाएका छन्।

Tata
GBIME
Nepal Life

१६औं योजनाको मस्यौदामाथि छलफलका लागि राष्ट्रिय योजना आयोगले बिहिबार काठमाडौंमा गरेको कार्यक्रममा यादवले मस्यौदा सनातनी खालको भएको भन्दै पुनरावलोकन गर्नुपर्ने बताए।

‘१६औं योजनाको मस्यौदा सनातनी छ। यो रिभ्यु हुनुपर्छ। ट्रेडिसनल तरिकाले हुँदैन,’ उनले भने। उनले आर्थिक विकासका लागि प्रदेशलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्नेमा जोड दिए।

‘प्रदेशलाई अपांग बनाएर विकास हुँदैन। प्रदेशमा जनशक्ति नदिएर कमजोर बनाउने काम भइरहेको छ,’ उनले भने, ‘तराई मधेशको विकास गर्न माइन्डसेट नै चेन्ज गर्नपर्छ।’

उनले कृषि पर्यटन र जलविद्युत क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। ‘कृषि, पर्यटन र हाइड्रोमा लगानी गरे देश गरिबीबाट माथि उठ्छ,’ उनले भने। यादवले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए। ‘देशलाई यूटर्न गर्न सक्ने निजगढ प्राथमिकतामै परेन,’ उनले भने।