BIZMANDU
www.bizmandu.com

श्रममन्त्री अर्यालले भने- उद्योगीमाथि गिद्दे दृष्टि लगाउन बन्द गरौं, नभए रोजगारी बढ्दैन

२०८१ बैशाख १३

श्रममन्त्री अर्यालले भने- उद्योगीमाथि गिद्दे दृष्टि लगाउन बन्द गरौं, नभए रोजगारी बढ्दैन
श्रममन्त्री अर्यालले भने- उद्योगीमाथि गिद्दे दृष्टि लगाउन बन्द गरौं, नभए रोजगारी बढ्दैन

काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले उद्योगीमाथि गिद्दे दृष्टि लगाउन बन्द गर्नुपर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

१६ औं योजनाको मस्यौदामाथि छलफलका लागि राष्ट्रिय योजना आयोगले बिहिबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री अर्यालले निजी क्षेत्रलाई संरक्षण गर्न सके मात्र रोजगारी बढ्ने अन्यथा युवाहरु विदेशिने क्रम नरोकिने बताए।

‘निजी क्षेत्रलाई प्रोटेक्सन गर्न सक्नुपर्छ। उद्योगीलाई गिद्दे दृष्टि लगाएर दु:ख दिने काम अन्त्य गरौं। नभए रोजगारी बढ्दैन,’ उनले भने, ‘साना स्टार्टअपलाई पनि साथ दिन आवश्यक छ।’