BIZMANDU
www.bizmandu.com

पर्यटन बोर्डमा सीइओ नियुक्ति प्रक्रिया रोकियो, कुनै काम अघि नबढाउन उच्च अदालतको आदेश

२०८१ बैशाख १२

पर्यटन बोर्डमा सीइओ नियुक्ति प्रक्रिया रोकियो, कुनै काम अघि नबढाउन उच्च अदालतको आदेश
पर्यटन बोर्डमा सीइओ नियुक्ति प्रक्रिया रोकियो, कुनै काम अघि नबढाउन उच्च अदालतको आदेश

काठमाडौं। उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तिको प्रक्रिया अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

Tata
GBIME
Nepal Life

न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले सीइओ छनोट सम्बन्धी कुनै पनि काम नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। यो मुद्दामा सुनुवाइका लागि वैशाख १७ गते पेशी तोकिएको छ।

सीइओ छनोट गर्न गठित उपसमितिका सदस्य मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन नै गैरकानुनी भएको र उपसमिति पनि अवैधानिक रहेको भन्दै कुन्दन शर्मा मिश्रले रिट दायर गरेका थिए।

बोर्डमा सीइओ नियुक्तिका लागि उपसमितिले चैत २४ गते १२ दिनको समय दिएर आवेदन मागेकामा करिब डेढ दर्जनले आवेदन दिएका थिए। बोर्डमा सीइओको पद माघ दोस्रो सातादेखि रिक्त छ।