BIZMANDU
www.bizmandu.com

रसियाका उद्यमीलाई नेपालमा लगानी गर्न परिसंघको आग्रह, महत्वपूर्ण काम गर्ने प्रतिबद्धता

२०८१ बैशाख १२

रसियाका उद्यमीलाई नेपालमा लगानी गर्न परिसंघको आग्रह, महत्वपूर्ण काम गर्ने प्रतिबद्धता
रसियाका उद्यमीलाई नेपालमा लगानी गर्न परिसंघको आग्रह, महत्वपूर्ण काम गर्ने प्रतिबद्धता

नेपालमा लगानी बढाउन रसियाका उद्योगीलाई परिसंघको आग्रह, व्यवसायिक सम्बन्ध बढाउन रसिया उद्योग वाणिज्य महासंघसहित तीन संस्थासँग परिसंघको समझदारी

Tata
GBIME
Nepal Life

काठमाडौं ।  नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रसियाको व्यवसायिक संस्थाहरुबीच दुई पक्षीय हितका विषयमा छलफल भएको छ।

बुधबार परिसंघ र रसियाका उद्योग वाणिज्य संघहरुबीच भएको छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानी बढाउन रसियाली उद्योगीहरुलाई आग्रह गरेका थिए। लगानीका लागि नेपाल उर्बर भूमी रहेको र बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुकबीच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने उनले बताएका थिए।

त्यसक्रममा रसिया उद्योग वाणिज्य महासंघका अध्यक्ष सर्गेई कातरिनले कुनै पनि देशको विकासका लागि निजी क्षेत्र सक्रिय हुन आवश्यक रहेको बताएका थिए। नेपालमा लगानीका लागि रसियाका उद्योगी व्यवसायी तयार रहेको भन्दै उनले नेपालमा परिसंघसँग सहकार्य गर्दै केही न केही महत्वपूर्ण काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यसैसँगै परिसंघ र रसियाका तीन व्यवसायिक संस्थाबीच दुई पक्षीय हितका विषयमा काम गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ। रसिया उद्योग वाणिज्य महासंघ, सेन्ट पिटर्सवर्ग उद्योग वाणिज्य संघ र लिपेस्टिेक उद्योग वाणिज्य संघसँग परिसंघको समझदारी भएको हो।

समझदारी पत्रमा परिसंघका अध्यक्ष अग्रवाल, रसिया उद्योग वाणिज्य महासंघका अध्यक्ष कातरिन, सेन्ट पिटर्सवर्ग उद्योग वाणिज्य संघका अध्यक्ष भ्लादिभिर कान्तेनेभ, लिपेस्टिेक उद्योग वाणिज्य संघका अध्यक्ष आन्तेली गोस्ताभले हस्ताक्षर गरेका थिए।