BIZMANDU
www.bizmandu.com

हिमालयन हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन भोलि, विद्युत् खपत बढाउन सन्देश दिने

२०८१ बैशाख १२

हिमालयन हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन भोलि, विद्युत् खपत बढाउन सन्देश दिने
हिमालयन हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन भोलि, विद्युत् खपत बढाउन सन्देश दिने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । विद्युत् खपत बढाउने सन्देशसहित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो।

Tata
GBIME
Nepal Life

एक्स्पोको पहिलो दिन तीन वटा प्राविधिक सत्र राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बिहीबार एक्स्पोको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।

आज बिहान काठमाडौंमा विद्युतीय सवारी (इभी) र्‍याली आयोजना भएको थियो। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले र्‍यालीको उद्घाटन गरेका थिए। र्‍याली आयोजना गरि विद्युतीय सवारी प्रवर्धन र विद्युत खपत बढाउने सन्देशसहित चौथो संस्करणको एक्स्पोको सुरुवात गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए।

त्यस अवसरमा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई सार्थक बनाउने विश्वास व्यक्त गरेका थिए।

‘हाइड्रो एक्स्पो नेपालको विद्यत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुनेछ,’ उनले भने।

सो अवसरमा इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारले सन् २०३५ सम्ममा १३ हजार मेगावाट विद्युत् खपत गर्ने लक्ष्य लिएको भन्दै विद्युतीय सवारीले विद्युत् खपत बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।