BIZMANDU
www.bizmandu.com

इङ्ग्लिस प्रिमियर लिग : चेल्सीलाई ५-० गोलले हराउँदै आर्सनल शीर्षस्थानमा

२०८१ बैशाख १२

इङ्ग्लिस प्रिमियर लिग : चेल्सीलाई ५-० गोलले हराउँदै आर्सनल शीर्षस्थानमा
इङ्ग्लिस प्रिमियर लिग : चेल्सीलाई ५-० गोलले हराउँदै आर्सनल शीर्षस्थानमा

इङ्ग्लिस प्रिमियर लिगमा गएराति सम्पन्‍न खेलमा आर्सनलले रवाफिलो जित निकालेको छ। घरेलु मैदान इमिरेट्स स्टेडियममा सम्पन्‍न खेलमा आर्सनलले चेल्सीलाई ५-० गोलअन्तरले हराएको हो।

Tata
GBIME
Nepal Life

खेलको चौथो मिनेटमा लिओनार्दो ट्रसार्डको गोलमा आर्सनलले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको आर्सनलका लागि दोस्रो हाफमा बेन ह्वाइट र काइ हार्भटेजले समान २/२ गोल थपे।

ह्याइटले खेलको ५२ र ७० तथा हार्भटेजले ५७ र ६५ मिनेटमा गोल गर्दा आर्सनलले ५-० गोलअन्तरको रवाफिलो जित निकालेको हो।

यो जितले शीर्षस्थानको प्रतिस्पर्धामा जोडतोडले लागेको आर्सनललाई राहत मिलेको छ। आर्सनल ३४ खेलबाट ७७ अंक जोड्दै शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको लिभरपुलले १ खेल कम खेलेर ७४ अंक बनाएको छ। त्यस्तै आर्सनलको भन्दा दुई खेल कम अर्थात ३२ खेल खेलेको म्यानचेस्टर सिटीले ७३ रन बनाएको छ।

अर्कोतर्फ ३२ खेलबाट ४७ अंक बनाएको चेल्सी भने तालिकाको नवौँ स्थानमा छ।