BIZMANDU
www.bizmandu.com

राष्ट्रपतिसामु कतारका अमिरले भने : नेपाली श्रमिकलाई अझै राम्रो क्षेत्रमा रोजगारी दिने योजना छ

२०८१ बैशाख ११

राष्ट्रपतिसामु कतारका अमिरले भने : नेपाली श्रमिकलाई अझै राम्रो क्षेत्रमा रोजगारी दिने योजना छ
राष्ट्रपतिसामु कतारका अमिरले भने : नेपाली श्रमिकलाई अझै राम्रो क्षेत्रमा रोजगारी दिने योजना छ

काठमाडौं। कतारका अमिर शेख तमिम विन हमाद अल थानीले नेपाली श्रमिकलाई अझ राम्रो क्षेत्रमा रोजगारी दिने योजना बनाइरहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भएको वार्तामा कतारमा नेपाली श्रमिकलाई राम्रो क्षेत्रमा रोजगारी दिने विषयमा योजना बबनाइरहेको बताएका हुन्।

नेपाली श्रमिकका लागि कतार वैदेशिक रोजगारीको एक प्रमुख गन्तव्य मुलुक भएको बताएपछि कतारी अमिरले नयाँ योजना बनाइरहेको सुनाएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

कतारमा साढे ३ लाख भन्दा बढी नेपाली युवा कार्यरत छन्।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि आग्रह गरे।

उनले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले चिन्तित तुल्याएको भन्दै इजरायलमा हमासको आक्रमणपछि वेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन पनि कतारका अमिरसँग आग्रह गरे।

६ महिनादेखि बेपत्ता जोशीको अवस्था अझै अज्ञात छ। कतारका अमिरले यसबारबे विगतमा पनि चासो दिएर पहल गरेको र अब थप पहल गर्ने जवाफ दिएको पोखरेलले बताए।

कतारका अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्र पहिचानका लागि आफ्नो भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे।

उनले नेपालमा जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रमा लगानी बढाउन सकिने बताए। उनी राष्ट्रपति पौडेलको निम्तामा दुई दिने राजकीय भ्रमणका लागि मंगलबाबर अपराह्‍न काठमाडौं आएका हुन्।