BIZMANDU
www.bizmandu.com

२ दिने भ्रमणका लागि कतारका अमिर थानी काठमाडौंमा, राष्ट्रपति पौडेलले गरे स्वागत

२०८१ बैशाख ११

२ दिने भ्रमणका लागि कतारका अमिर थानी काठमाडौंमा, राष्ट्रपति पौडेलले गरे स्वागत
२ दिने भ्रमणका लागि कतारका अमिर थानी काठमाडौंमा, राष्ट्रपति पौडेलले गरे स्वागत


काठमाडौं। कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका क्रममा नेपाल आएका छन्। उनी सवार विमान मंगलबार अपराह्‍न करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

Tata
GBIME
NLIC

कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो।

थानी फिलिपिन्स र बंगलादेशको भ्रमण सकेर मंगलबार ढाकाबाट काठमाडौं आएका हुन्।

उनी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपाल आएका हुन्। उनलाई विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै

कतारी अमिरको स्वागतमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विमानस्थलमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई सम्मान गर्दै नेपाली सेना

थानीको भ्रमणलाई लक्षित गरेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। उनको सुरक्षार्थ १०० भन्दा बढी सुरक्षाकर्मी ४/५ दिनअघि नै कतारबाट आएका थिए।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी

उनले मंगलबार राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्ने तालिका छन्। उनको सम्मानमा राष्ट्रपति पौडेलले रात्रिभोज राखेका छन्। भोज सोल्टी होटलमा हुनेछ। कतारी अमिर थानीले बुधबाबर प्रधाानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्नेछन्। उनी बुधबार फर्कने तालिका छ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी

थानीको भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ।