BIZMANDU
www.bizmandu.com

कतारी अमिरका आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द : नेपाली आकाशमा चार विमान होल्ड

२०८१ बैशाख ११

कतारी अमिरका आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द : नेपाली आकाशमा चार विमान होल्ड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग।

काठमाडौं। कतारका अमिर काठमाडौं अवतरण गर्न समय नजिकिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अरु उडान अवतरण बन्द गरिएको छ। दुई दिने राजकीय भ्रमणका लागि कतारमा अमिर मंगलबार अपराह्न काठमाडौं अवतरण गर्दैछन्।

Tata
GBIME
Nepal Life

त्रिभुवन अन्तर्राष्ट्रियमा केही अवधिका लागि नोटाम जारी गरिएको विमानस्थल स्रोतले जनाएको छ।

अहिले नेपाली आकाशमा दोहाबाट आएको कतार एयरवेज, कुन्मिङबाट आइरहेको चाइना इस्टर्न एयरलाइन्स र दिल्लीबाट आएको भिस्तारा एयर होल्ड भएका छन्। आन्तरिक तर्फ सुर्खेतबाट आइरहेको बुद्ध एयरको जहाज आकाशमै होल्ड भएका छन्।

सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै अन्य विमान उडान अवतरण रोकिएको हो।