BIZMANDU
www.bizmandu.com

डेभलपमेन्ट बैंकर्स संघको प्रमुख कार्यकारीमा डंगोल नियुक्त, १५ वर्षे बैंकिङ अनुभव

२०८१ बैशाख ११

डेभलपमेन्ट बैंकर्स संघको प्रमुख कार्यकारीमा डंगोल नियुक्त, १५ वर्षे बैंकिङ अनुभव
डेभलपमेन्ट बैंकर्स संघको प्रमुख कार्यकारीमा डंगोल नियुक्त, १५ वर्षे बैंकिङ अनुभव

काठमाडौं। डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त भएकी छन्।

Tata
GBIME

विकास बैंकहरुको छाता संगठन संघको सचिवालय व्यवस्थित थिएन। क्षमता र आकार बढ्दै गएपनि संघ चुस्त हुन नसकेको गुनासो आइरहेका बेला प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको हो।

व्यवस्थापनमा स्नातकोत्तर डंगोलसँग तत्कालीन सनराइज बैंक, तत्कालीन मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिब १५ वर्ष कार्य अनुभव छ।

अनुसन्धान तथा विकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन आदिमा उनको विशेष दख्खल छ।