BIZMANDU
www.bizmandu.com

कनेक्ट आइपीएसबाट विद्यालयको शुल्क भुक्तानी गर्दा २० जनालाई १० हजारको छात्रवृत्ति

२०८१ बैशाख १०

कनेक्ट आइपीएसबाट विद्यालयको शुल्क भुक्तानी गर्दा २० जनालाई १० हजारको छात्रवृत्ति
कनेक्ट आइपीएसबाट विद्यालयको शुल्क भुक्तानी गर्दा २० जनालाई १० हजारको छात्रवृत्ति

काठमाडौं । कनेक्ट आइपीएसले विद्यालयको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाउने अफर सार्वजनिक गरेको छ। योजना अन्तर्गत २० जना विद्यार्थीले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार सम्मको छात्रवृत्ती रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

Tata
GBIME

कनेक्ट आइपीएसबाट वैशाख ३१ गतेसम्म शुल्क भुक्तानी गर्दा यो योजनामा संलग्न हुन सक्छन्। भुक्तानी गरिएको बैंक खाताबाटै छात्रवृत्तीको रकम जम्मा गरिने कम्पनीले जनाएको छ।

कनेक्ट आइपीएसबाट हाल ७०० भन्दा बढी विद्यालयहरुको शुल्क भुक्तानी गर्न सकिन्छ। कनेक्ट आइपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरि रकम ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका सजिलो माध्यम हो।

वेबमार्फत प्रति कारोबार २० लाख सम्म र मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।