BIZMANDU
www.bizmandu.com

एनटीबीको सीइओमा आकांक्षीका लागि तोकियो योजना प्रस्तुति मिति, सूचीमा जोशी र रेग्मी पनि  

२०८१ बैशाख ८

एनटीबीको सीइओमा आकांक्षीका लागि तोकियो योजना प्रस्तुति मिति, सूचीमा जोशी र रेग्मी पनि  
एनटीबीको सीइओमा आकांक्षीका लागि तोकियो योजना प्रस्तुति मिति, सूचीमा जोशी र रेग्मी पनि  


काठमाडौं। नेपाल पर्यटन बोर्ड (एनटीबी)को कार्यकारी प्रमुखका लागि भएको दरखास्त आह्वानमा १६ जना छनोट सूचीमा परेका छन्। कार्यकारी प्रमुख सिफारिस समितिले अन्तर्वार्ताको चरणअन्तर्गत उनीहरुका लागि योजना प्रस्तुतिको मिति तोकेको छ।

Tata
GBIME
NLIC

भृकुटीमण्डपस्थित बोर्डको कार्यालयमा आगामी सोमबार प्रस्तुति हुने भएको हो। कार्यकारी प्रमुख पदका आवेदकमध्ये छनोट सूचीमा परेकाहरूले समस्या समाधानमूलक विषयमा प्रस्तुतीकरण दिनु पर्नेछ।

बोर्डमा पूर्वसीइओहरु पनि दोहोरिन चाहेको देखिएको छ। छनोट सूचीमा परेकाहरुमा पूर्वसीइओ दीपकराज जोशी र निवर्तमान सीइओ धनन्जय रेग्मी पनि छन्।  

बोर्डका अनुसार छनोट सूचीमा परेकाहरुमा ठाकुरप्रसाद देवकोटा, हिक्मतसिंह ऐर, विजय नेपाल, राजाराम गिरी, राजाराम केसी, ज्ञान राई, नवीन पोखरेल, ज्ञानेश्वरप्रसाद सिंह महतो, श्रद्धा श्रेष्ठ छन्।

यस्तै सूर्यबहादुर घिमिरे, सन्तोषविक्रम थापा, दीपकराज जोशी, दीपक बस्ताकोटी, धनन्जय रेग्मी, लक्ष्मण गौतम, रामचन्द्र सेढाईँ छन्।