BIZMANDU
www.bizmandu.com

फुएसियन बार एण्ड किचेनमा परिष्कृत एम्बियन्सबीच पान-एसियन खानाको स्वाद लिन सकिने

२०८१ बैशाख ७

फुएसियन बार एण्ड किचेनमा परिष्कृत एम्बियन्सबीच पान-एसियन खानाको स्वाद लिन सकिने
फुएसियन बार एण्ड किचेनमा परिष्कृत एम्बियन्सबीच पान-एसियन खानाको स्वाद लिन सकिने

काठमाडौं। काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसको रुफटपमा फुएसियन बार एण्ड किचेन सञ्‍चालनमा आएको छ।

Tata
GBIME

कलिनरी उत्कृष्टताका साथ प्रमुख डाइनिङ गन्तव्यको रुपमा स्थापित भएको फुएसियनले पान-एसियन खानाका विविध र जीवन्त स्वाद लिन निम्तो दिएको छ।

फुएसियन परिसरमा प्रवेश गर्नासाथ परिष्कृत र न्यानोपन झल्किने एम्बियन्सले स्वागत गर्नेछ। यहाँ इन्डोर कोजीनेसका साथै खुला आकाशमुनि स्वादिष्ठ भोजनको स्वान लिन सकिन्छ। रेस्टुरेन्टले इन्टिमेट ग्यादरिङ तथा ठूला उत्सव दुवैका लागि उपयुक्त स्थान अफर गरेको छ।

फुएसियनलाई एम्बियन्सले मात्रै अलग बनाएको छैन यहाँको कलिनरी अनुभवले पनि ग्राहको मन तान्‍नेछ। आकर्षक रुपमा तयार पारिएको सुशी रोलदेखि डिम सम, स्वादिष्ट चिनियाँ खानादेखि सुगन्धित थाई व्यंजनहरूसम्म, प्रत्येक परिकार स्वाद र प्रस्तुतिमा उत्कृष्ट छ।

खानपिनलाई अझ रमाइलो बनाउन फुएसियनले वाइन, स्पिरिट र ककटेल पनि उपलब्ध गराएको छ। यसले भोजनको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने रेस्टुरेन्टको विश्‍वास छ।