BIZMANDU
www.bizmandu.com

२९ वर्षीया हसिना खान बनिन् जसपाबाट समानुपातिक सांसद

२०८१ बैशाख ७

२९ वर्षीया हसिना खान बनिन् जसपाबाट समानुपातिक सांसद
२९ वर्षीया हसिना खान बनिन् जसपाबाट समानुपातिक सांसद

काठमाडौं । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा जनता समाजवादीबाट समानुपातिक सांसद बनेकी हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराएका छन्।

Tata
GBIME
Nepal Life

सिंहदरबारस्थित संसद सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।

केही समयअघि उक्त पार्टीबाट समानुपातिक सांसद मञ्जु अन्सारी शर्माको निधन भएपछि सांसद खान निर्वाचित भएको जानकारी निर्वाचन आयोगले संसद सचिवालयलाई जानकारी गराएको थियो।

समानुपातिकमा मुस्लिम कलस्टरमा शर्माअघि सहनाज रहमान निर्वाचित भएकी थिइन्। उनको निधनपछि मञ्जुलाई उक्त क्लस्टरमा सांसद बनाइएको थियो।

स्नातक तहसम्म अध्ययन गरेकी २९ वर्षीया खान रुपन्देहीको रोहिणी गाउँपालिका–२ पोखरभिन्दीमा जन्मिएकी हुन्। खान अहिले बाँकेको डुडुवा गाउँपालिका–३ बाट प्रतिनिधित्व गर्छिन्।