BIZMANDU
www.bizmandu.com

शिथिल अर्थतन्त्र भोगिरहेका चिनियाँ पहिलो त्रैमासको आर्थिक वृद्धिले चकित, के हो वास्तविकता?

२०८१ बैशाख ७

शिथिल अर्थतन्त्र भोगिरहेका चिनियाँ पहिलो त्रैमासको आर्थिक वृद्धिले चकित, के हो वास्तविकता?
शिथिल अर्थतन्त्र भोगिरहेका चिनियाँ पहिलो त्रैमासको आर्थिक वृद्धिले चकित, के हो वास्तविकता?


आर्थिक सुस्तताको वास्तविकताकाबीच आश्चर्यजनक ढंगले चीनले सन् २०२४ को पहिलो त्रैमासमा ५.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्‍यो। यो बेइजिङको आफ्नै लक्ष्य करिब ५ प्रतिशतको हाराहारीभन्दा केही बढी थियो।

Tata
GBIME
NLIC

तर, आम चिनियाँ नागरिक, उत्पादन कम्पनीहरु तथा कर अधिकारीहरु नै सरकारले सार्वजनिक गरेको यो तथ्यांक वास्तविक धरातल भन्दा फरक भएको महसुस गरिरहेका छन्।  

एक दशक अघिदेखि नै चीनमाथि ‘आफ्नो आर्थिक विस्तारको अवस्था विश्वसामु राम्रो देखाउनका लागि तथ्यांकलाई ‘कुक’ गरेर प्रस्तुत गर्ने आरोप लाग्दै आएको छ।

त्यसैले चीनको अर्थतन्त्र र राजनीतिक प्रणालीलाई राम्रोसँग बुझ्नका लागि ‘हेडलाइन नम्बर’ र आम मानिसको दैनिक भोगाइ र अनुभवहरुका बीच फरक छुट्याउने कोसिस गर्नुपर्ने हुन्छ।

व्यापार चक्रबाट धेरै प्रभावित हुने गरेका सानो पुँजीबाट संचालित कम्पनीहरु सीएसआई २००० इन्डेक्समा २० प्रतिशतले ओरालो लागेका छन्। यस्तै, फेब्रुअरीसम्मको तथ्यांक हेर्दा सरकारी राजस्व संकलन पनि २.३ प्रतिशतले घटेको देखिन्छ।

चीनकै केन्द्रीय बैंकको पछिल्लो सहरी निक्षेपकर्ता सर्वेक्षणले पनि सन् २०२३ को अन्त्यसम्ममा जम्मा ९.५ प्रतिशतले मात्र राम्रो रोजगारी पाएको देखाउँछ।

आगामी वर्षात् अघिको पूर्वतयारीका रुपमा सर्वसाधारणले ऋण खातामा पहिलो त्रैमासमा १.२ ट्रिलियन डलर थपे जसका कारण केही बैंकहरुले आफ्नो ‘मार्जिन’ सुरक्षित गर्नका लागि दीर्घकालीन खातामा दिँदै आएका अफरहरुलाई समेत निरन्तरता दिएनन्।

विज्ञहरु भन्छन् : चीनको यो ‘नम्बर गेम’मा दुई तत्वहरु बीचको अनमेल आँकडा देखिन्छ।   

पहिलो- चिनियाँ अर्थतन्त्रमा अपस्फितीको लामो यात्रा  

दोस्रो- चीनले आफ्नो त्रैमासिक जीडीपी गणना गर्दा अपनाउने चलाखी

चिनियाँ अर्थतन्त्रले सन् १९९९ देखि नै उसको सर्वाधिक लामो अपस्फितीको अवस्था अनुभव गरिरहेको छ। रियल जीडीपीमा ५.३ प्रतिशतको वृद्धिले कामदार वा कम्पनीहरुको आम्दानीमा सहायक सिद्ध हुने गरि कुनै भूमिका हुँदैन किनभने यो वृद्धिभन्दा फरक कामदारहरुको आय वृद्धि सुस्त र पट्यारलाग्दो छ।

वास्तवमा पहिलो त्रैमासमा रियल जीडीपी ५.३ भए पनि नोमिनल जीडीपी जम्मा ४.२ प्रतिशत मात्र हासिल भएको देखिन्छ। यस्तै घरेलु आयमा ६.२ प्रतिशतको वृद्धि भएको देखिन्छ जुन कोभिड १९ महामारी पूर्वको अवस्थाभन्दा कम हो।

लामो समयदेखिको अपस्फितीको अवस्थामा ‘हेडलाइन इन्फ्लेसन’ सँधै बढी देखिन्छ। हेडलाइन ग्रोथले जीडीपीमा कूल आर्थिक वृद्धिलाई संकेत गर्छ अर्थात समग्र अर्थतन्त्रको कूल मुद्रास्फितीको मापनका आधारमा हेडलाइन जीडीपी तय हुन्छ। तर, उत्पादन क्षेत्र नै कुनै पनि अर्थतन्त्रको प्रमुख ‘ग्रोथ इन्जिन’ हो जसलाई बलियो निर्यात र नयाँ लगानीहरुले सुनिश्चित गर्दछ।

उत्पादनमूलक क्षेत्रमा ६.४ प्रतिशतको वृद्धिले उच्चस्तरको औद्योगिक विस्तार स्तरोन्नतीबाट चीनको सुस्त अर्थतन्त्रलाई बाहिर निस्कन मद्दत गर्छ भन्ने चिनियाँ राष्ट्रपति सी चिनफिङको अवधारणालाई पुष्टि गरिदिएको छ। उनले रियल स्टेटबाट हुन नसक्ने वृद्धि औद्योगिक विस्तार र स्तरोन्नतिबाट हुन्छ भन्दै आएका छन्।  

तर, यो भनाई विद्युतीय सवारीको आपूर्ति संजालको हकमा भाने खासै लागू हुने देखिँदैन। चीनबाट विद्युतीय सवारीको निर्यात बलियो भइरहनेमा धेरैलाई आशंका छ। चीनलाई व्यापार तनाव र संरक्षणवादको मुद्दाले फेरि दवाव सिर्जना गर्न सक्ने विज्ञहरुको आँकलन छ। 

केही अघि भएका चीन भ्रमणको क्रममा जर्मन चान्सलर ओलाफ कोल्ज र अमेरिकी अर्थमन्त्री जेनेट येलेनले चिनियाँ फ्याक्ट्रीहरुको बढ्दो उत्पादन ‘ग्लोबल प्रोब्लम’ बनेको भन्दै चिन्ता व्यक्त गरेका थिए।

चीनमा सन् २०२३ को अन्तिम त्रैमासमा औद्योगिक क्षमता उपयोगको दर घटेर ७३.८ प्रतिशत रहेको थियो जुन महामारीको सुरुवाती समयमा विश्वभरका देशहरु लकडाउनमा रहेको बेलापछिको दोस्रो कम दर हो।

सन् २०२४ को पहिलो तीन महिनाको अवधिमा बजारमा ‘प्राइस वार’ बढेको छ। इभी बजारका दुई लिडरहरु बिवाइडी र टेस्लाले बिक्री बढाउनका लागि आफ्नो नाफाको मार्जिन घटाएका छन् जसले चीनमा उत्पादकहरुको मूल्य अपस्फिती अझ खराब हुने देखिन्छ।

कसरी चीनले आफ्नो त्रैमासिक जीडीपी गणना गर्छ त?

चीनले त्रैमासिक जीडीपी गणना गर्दा सँधै आफ्नो उत्पादन खातालाई प्रयोग गर्छ जसले हरेक उद्योगको भ्यालू-एडलाई प्राथमिकतामा राख्छ भने घट्दो मागलाई नजरअन्दाज गर्छ।

चिनियाँ उत्पादकहरुले उत्पादन बढाए पनि त्यसको स्टक भने गत वर्ष भन्दा ६.८ प्रतिशतले बढेको देखिन्छ। यसले के देखाउँछ भने भविष्यमा कम्पनीहरुले उत्पादन बढाउने भन्दा पनि गोदामहरुबाट स्टक घटाउने काम गर्न सक्छन् जसले वर्षको अन्तमा गणना गर्दा चीनको जीडीपीमा नै दबाब सिर्जना गर्छ।

चीन हाल संरचनागत संक्रमणको अवस्थामा रहेकाले अर्थतन्त्रमा कहिले र कहाँबाट समस्या सुरु हुन्छ भन्ने गाह्रो छ। सरकारले हाल दिइरहेको तत्कालको आशाप्रद तथ्यांकले वर्षको अन्त्यसम्ममा खासै सहयोग गर्ने देखिदैँन। त्यो भन्दा बढी चिन्ताको विषय के हो भने जसरी सरकारले उत्साहप्रद तथ्यांक देखाएको छ त्यसले चिनियाँ सर्वसाधारणलाई खासै प्रभावित बनाउन सकेको छैन।

किनभने चीनलाई बुझ्न उसको ‘हेडलाइन नम्बर’ मात्र काफी हुँदैन। जसले हेडलाइन नम्बर मात्र पढ्ने गर्छन् उसले वास्तविक चीनलाई बुझेकै छैन।