BIZMANDU
www.bizmandu.com

ड्रिम इन्टरनेसनल होटलले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

२०८१ बैशाख ६

ड्रिम इन्टरनेसनल होटलले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
ड्रिम इन्टरनेसनल होटलले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं। ड्रिम इन्टरनेसनल होटलले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासनको प्रक्रिया अघि बढाउन प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

होटलका अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले बिहिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

ड्रिम ग्रुप अन्तर्गतको होटलले सर्वसाधारणलाई पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित आइपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको रानाले बताए।

बुटवलमा रहेको ड्रिम इन्टरनेसनल होटलले सहलगानी गर्दै सातै प्रदेशका पर्यटकीय गन्तव्यमा होटल स्थापना गर्ने योजना बनाएको जनाएको छ।