BIZMANDU
www.bizmandu.com

सिउरी न्यादी पावरले निष्कासन गर्ने सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने

२०८१ बैशाख ६

सिउरी न्यादी पावरले निष्कासन गर्ने सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने
सिउरी न्यादी पावरले निष्कासन गर्ने सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने

काठमाडौंं। नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको प्रत्याभूति कोषले गर्ने सम्झौता भएको हो। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र न्यादी पावरका अध्यक्ष शैलेन्द्र गुरागाइँले बिहिबार हस्ताक्षर गरे।

न्यादी पावरले प्रति किता १०० रुपैयाँको दरले ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता सेयर निष्कासन गर्दै छ। उक्त सेयरको ३ अर्ब ३ करोड ६० लाख ७८ हजार ४०० रुपैयाँ बराबरको सेयर प्रत्याभूति कोषले गर्ने भएको हो।