BIZMANDU
www.bizmandu.com

रसुवागढीबाट साढे ३८ अर्बको सामान भित्रिंदा निर्यात १ अर्ब ५३ करोडको भन्दा हुन सकेन

२०८१ बैशाख ६

रसुवागढीबाट साढे ३८ अर्बको सामान भित्रिंदा निर्यात १ अर्ब ५३ करोडको भन्दा हुन सकेन
रसुवागढीबाट साढे ३८ अर्बको सामान भित्रिंदा निर्यात १ अर्ब ५३ करोडको भन्दा हुन सकेन

काठमाडौं। रसुवागढी भन्सार कार्यालय राजस्वको लक्ष्यमा चुकेको छ। यो भन्सार कार्यालयलाई चालु वर्ष चैतसम्म १४ अर्ब ८० करोड ७३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएकामा १३ अर्ब ७० करोड ३१ लाख रुपैयाँ मात्र उठेको छ।

Tata
GBIME
Nepal Life

यो भनेको लक्ष्यभन्दा ८.०८ प्रतिशत कम हो। यो भन्सार कार्यालयलाई आगामी असारसम्म २० अर्ब ९९ करोड ६४ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएको छ। तर ९ महिनामा त्यसको ६५.२६ प्रतिशतभन्दा संकलन हुन सकेको छैन।

कार्यालयले ३८ अर्ब ५३ करोड ३० लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा १३ अर्ब ७० करोड राजस्व उठाएको हो।

भन्सारको तथ्यांकले चीनतर्फको निर्यात निराशजनक देखिन्छ। ९ महिनामा रसुवागढी नाका हुँदै चीनमा जम्मा १ अर्ब ५३ करोड रुपैयाँको सामान निर्यात भएको छ।