BIZMANDU
www.bizmandu.com

क्यानडामा विमानस्थलबाट दुई अर्बको सुन चोरी प्रकरण : एक वर्षपछि ६ जना पक्राउ

२०८१ बैशाख ६

क्यानडामा विमानस्थलबाट दुई अर्बको सुन चोरी प्रकरण : एक वर्षपछि ६ जना पक्राउ
क्यानडामा विमानस्थलबाट दुई अर्बको सुन चोरी प्रकरण : एक वर्षपछि ६ जना पक्राउ

सन् २०२३ को अप्रिल १७ मा क्यानडाको पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका साथै अन्य बहुमूल्य वस्तु चोरी भयो। विमानस्थलबाट करिब दुई अर्ब नेपाली रुपैयाँ भन्दा बढी मूल्य पर्ने सुन र बहुमूल्य वस्तु हराएको थियो।

Tata
GBIME
Nepal Life

सो घटनामा लामो अनुसन्धानपछि प्रहरीले ६ जनालाई हालै पक्राउ परेको छ। थप ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 सन् २०२३ को अप्रिल १७ मा विमानस्थलको ‘कार्गो’ राख्ने स्थानबाटै २२ मिलियन क्यानेडियन डलर सुन र अन्य वस्तु चोरी भएको थियो। निकै सुरक्षित मानिएको क्षेत्रबाट झुटो कागजपत्र बनाएर ती सामान चोरिएको अनुसन्धानका क्रममा खुलेको छ।

यो विमानस्थल प्राय: सुन ओसारपसारका लागि प्रयोग हुने गर्छ। ओन्टेरियो प्रान्तको खानीबाट निकालिएको सुन यही विमानस्थल हुँदै पठाइने गरिन्छ। यो चोरी क्यानडाको इतिहासकै सबैभन्दा ठूलो सुन चोरीको घटना हो।

चोरी भएको सुनसहित अन्य वस्तु स्वीटजरल्याण्ड पुर्‍याइएको थियो। हाल ती सबै सामाग्री क्यानडा फिर्ता ल्याइएको छ। सो घटनामा एयर क्यानडाका दुईजना पूर्व कर्मचारीको संलग्नता देखिएको छ। एकजना कर्मचारी प्रहरी नियन्त्रणमा छन् भने अर्कोको खोजी भइरहेको छ।

सन् २०२३ को सेप्टेम्बरमा ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा एक जन पक्राउ परेका थिए। ती व्यक्ति चोरी भएको कार्गो कन्टेनरका ड्राइभर थिए। त्यसपछि प्रहरीलाई ‘प्रोजेक्ट २४ क्यारेट’ अनुसन्धानमा ‘क्लू’ मिलेको थियो।

अनुसन्धानका क्रममा ती व्यक्तिसँग हतियार फेला परेको थियो। प्रहरी अनुसन्धानमा गिरोहले सुन पगालेर त्यसबाट आएको नाफाले क्यानडामा हातहतियार पठाउने गरेको खुलेको छ।

यो घटनाको अनुसन्धानमा क्यानेडियनसँगै अमेरिकी सुरक्षा एजेन्सीहरुले संयुक्त रुपमा काम गरेका थिए। अहिले पनि घटनाबारे अनुसन्धान जारी छ।