BIZMANDU
www.bizmandu.com

लुम्बिनीको मन्त्रिपरिषद्‍मा ६ सदस्य थपिंदै, को-को नियुक्त हुँदैछन् मन्त्री?

२०८१ बैशाख ६

लुम्बिनीको मन्त्रिपरिषद्‍मा ६ सदस्य थपिंदै, को-को नियुक्त हुँदैछन् मन्त्री?
लुम्बिनीको मन्त्रिपरिषद्‍मा ६ सदस्य थपिंदै, को-को नियुक्त हुँदैछन् मन्त्री?

काठमाडौं। लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्न लागिएको छ। एमालेले मन्त्री बनाउने नेताहरुको नाम बुझाएसँगै मन्त्रिपरिषद्‍ विस्तार गर्न लागिएको हो।

Tata
GBIME
Nepal Life

मुख्यमन्त्री जोखबहादुर महराले एमालेका दिनेश पन्थी, अर्जुन कुमार केसी, भूमिश्वर ढकाल र रत्‍नबहादुर खत्रीलाई मन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसामु सिफारिस गरेका छन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मन्त्री नियुक्त गर्ने व्यवस्था छ। तर मन्त्रालयको भागबण्डा भने टुंगिएको छैन।

मुख्यमन्त्री महराले खड्ग बस्नेत र धर्म बहादुर चौधरीलाई पनि विनाविभागीय मन्त्री नियुक्त गर्न सिफारिस गरेका छन्। बस्नेत स्वतन्त्र र चौधरी नागरिक उन्मुक्ति पार्टीका हुन्।

महरा चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले यसअघि एमालेका चेतनारायण आचार्य, माओवादी केन्द्रका दीपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरेका थिए।

आचार्यले आन्तरिक मामिला तथा योजना, पुनले स्वास्थ्य र अहिर कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारीमा छन्।