BIZMANDU
www.bizmandu.com

महालेखा परीक्षक कार्यालयले ११ महिनापछि पायो नेतृत्व, राष्ट्रपतिले तोयम रायालाई गरे नियुक्त

२०८१ बैशाख ६

महालेखा परीक्षक कार्यालयले ११ महिनापछि पायो नेतृत्व,  राष्ट्रपतिले तोयम रायालाई गरे नियुक्त
महालेखा परीक्षक कार्यालयले ११ महिनापछि पायो नेतृत्व, राष्ट्रपतिले तोयम रायालाई गरे नियुक्त

काठमाडौं। तोयम राया महालेखा परीक्षक नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा रायालाई बिहिबार महालेखा परीक्षक नियुक्त गरेका हुन्।

Tata
GBIME
Nepal Life

संवैधानिक परिषद्‍ले रायालाई महालेखा परीक्षक नियुक्त गर्न गत चैत १८ गते सिफारिस गरेको थियो। परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले वैशाख ४ गते अनुमोदन गरेको थियो। समितिले सिफारिस अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गरेका हुन्।

रायाले अब ६ वर्ष कार्यालयको नेतृत्व गर्नेछन्। रायाले सचिवबाट अवकाश पाउनु करिब ५ महिनाअघि संवैधानिक निकायको प्रमुखमा नियुक्ति पाएका हुन्। उनले भदौ अन्तिम साता सचिवबाट अवकाश पाउँदै थिए। उनी २०७६ भदौमा सचिवमा बढुवा भएका थिए।

सचिव पदमा बहाल रहेकै बेला संवैैधानिक परिषद्ले आफूलाई महालेखा परीक्षक नियुक्त गर्न सिफारिस गरेपछि उनले राजीनामा दिएका थिए। उनी पछिल्लोपटक राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत थिए।

महालेखा परीक्षक कार्यालयले ११ महिनापछि नेतृत्व पाएको हो। महालेखा परीक्षकको पद २०८० जेठ ७ देखि रिक्त थियो।