BIZMANDU
www.bizmandu.com

साउदी अरबले नेपाललाई दियो ७४ रनको लक्ष्य

२०८१ बैशाख ५

साउदी अरबले नेपाललाई दियो ७४ रनको लक्ष्य
Karan KC of Nepal takes the catch to dismiss Waji Ul Hassan of Saudi Arabia during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Saudi Arabia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 2), Muscat, Oman on April 17, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौ नेपाली क्रिकेट टोलीले साउदी अरबबाट ७४ रनको लक्ष्य पाएको छ। एसियाली क्रिकेट परिषद (एसीसी) प्रिमियर कपमा वर्षाका कारण ८ ओभरमा छोट्याइएको खेलमा साउदीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको हो।

Tata
GBIME
Nepal Life

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर साउदीलाई ब्याटिङको निम्ता दिएका थिए।

सुरुवाती ब्याटिङमा उत्रिएको साउदीका लागि अब्दुल वाहीदले बिस्फोटक ब्याटिङ गर्दै १६ बलमा ३७ रन बनाए। त्यसबाहेकका अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका करण करण केसी र अभिनास बोहराले समान २ विकेट लिँदा ललितनारायण राजवंशी र प्रतिस जिसीले समान १ विकेट लिए।

समूह ‘ए’ मा अपराजित रहेको नेपालले तीन खेलबाट ६ अंक जोड्दै समूह विजेता बन्ने पक्का गरिसकेको छ। समूह चरणका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। टी-२० वरीयतामा नेपाल १७ औँ स्थानको टोली हो भने साउदी ३१ औँ स्थानको टोली हो।