अमेरिकी टेक जायन्ट माइक्रोसफ्टले संयुक्त अरब इमिरेट्सको आर्टिफिसियल इन्टिलिजेन्स कम्पनी ‘जी४२’मा लगानी गर्ने भएको छ।
आधु धाबीमा रहेको सो एआई फर्ममा माइक्रोसफ्टलेः १.५ बिलियन अमेरकी डलर (करिब दुई खर्ब रुपैयाँ) लगानी गर्ने भएको हो।
खाडी राष्ट्रहरुमा बढ्दो चीनको उपस्थितिलाई अमेरिका कम गर्ने योजनामा छ। त्यसैले यो लगानीमा सहमति गर्न अमेरिकी सरकार नै युएईका कम्पनीहरुसँग छलफलमा लागेको थियो। सहमति अनुसार चीनबाट सहयोग नलिइ जी४३ ले अब अमेरिकी सहयोग लिनेछ। एआईको क्षेत्रमा चीनको तीब्रतालाई रोक्न यो डिलले भूमिका खेल्ने र त्यसमा अमेरिका सफल भएको विश्लेषण गरिएको छ।
सहमति अनुसार माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथ जी४२ को बोर्डमा सहभागी हुनेछन्। र, जी४२ ले अमेरिकी सफ्टवेयर उत्पादक एजुरेको क्लाड सेवा आफ्नो एआई एपमा प्रयोग गर्नेछ।
जी४२ को चिनियाँ व्यापारीसँगको सम्बन्धलाई लिएर अमेरिकामा प्रश्न उठेको थियो। ती व्यापारीलाई अमेरिकाले कालोसूचीमा राखेको थियो। त्यसैले जी४२ लाई नै प्रतिबन्ध लगाउन माग अमेरिकी सांसदले गरेका थिए। कम्पनीले भने चिनियाँ सरकार र उनीहरुले सैन्य औद्यगिक कम्पलेक्ससँग कुनै सम्बन्ध नरेको स्पष्टीकरण नै दिएको थियो।
जी४२ ले क्लाउड कम्पयुटिङ सेवादेखि चालक बिनाको कार निर्माणसमेत गरिरहेको छ। यो कम्पनी युएईका राष्ट्रिय सुरक्षा सल्लाहकार शेख तहनुन बिन जायद अल नयनको १.५ त्रिलियन इम्पायर अन्तर्गत पर्छ।